युनियनबाट तेक्वान्दो संघमा प्रवेश



काठमाडौं, (नेस)
राष्ट्रिय तेक्वान्दो संघ (युनियन) का द्वारिका खयरमली, कृष्ण सिंह कपालीलगायत पदाधिकारीहरू युनियन छोडी नेपाल तेक्वान्दो संघमा प्रवेश गरेका छन्। नव प्रवेशिकाहरूलाई संघका अध्यक्ष प्रकाश शमसेर राणा तथा संघका पदाधिकारीहरूले खादा र अबीर लगाई स्वागत गरेका थिए।

उक्त अवसरमा संघका महासचिव दीपराज गुरुङले नेपालमा तेक्वान्दो खेल विकासमा नवप्रवेशिहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। संघका अध्यक्ष प्रकाश शमसेर राणाले बाटो बिराएर लाग्ने सम्पूर्ण तेक्वान्दो प्रेमीहरूलाई नेपाल तेक्वान्दो संघमा गोलबन्ध हुन आह्वान गरे।

 

प्रतिक्रिया दिनुहोस्