दोगडाकेदार लिग उपाधि श्रीकोटलाई



नेपाल समाचारपत्र, बैतडी
बैतडीको दोगडाकेदारमा सम्पन्न दोगडाकेदार प्रिमियर लिगको उपाधि श्रीकोट युवा क्लबले जितेको छ।
चनैराज खेलमैदानमा भएको उपाधि भिडन्तमा जिमकोट वारियर्सलाई ९ विकेटले स्तब्ध पार्दै श्रीकोटले उपाधि जितेको हो। टस जितेर पहिला ब्याटिङ गरेको जिमकोटले १२ दशमलव ३ ओभरमा ५३ रन बनाएको थियो। जिमकोटलाई सस्तैमा समेट्न श्रीकोटका लागि कप्तान वीरेन्द्र नाथले ४ र विनोद भट्ट र प्रदीप चन्दले समान २÷२ विकेट हात पारे।
५४ रनको झिनो विजय लक्ष्य पछ्याएको श्रीकोटले ३ दशमलव २ ओभरमा लक्ष्य भेट्टायो। टोलीका लागि विनोद भट्ट २६ र प्रदीप चन्दले १९ रनको योगदान गरे। जिमकोटका लागि केशव भाटले एक विकेट लिए । ४ विकेट हात पारेका श्रीकोटका वीरेन्द्रनाथ म्यान अफ दी फाइनल घोषित भए ।
त्यस्तै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका वीरेन्द्र नै म्यान द अफ दी सिरिज भए । यस्तै, श्रीकोटकै विनोद भट्ट बेस्ट ब्याट्सम्यान, जिमकोटका केशव भाट बेस्ट बलर भएका छन्। उपाधिस“गै श्रीकोटले २२ हजार नगद र उपविजेता जिमकोटले ११ हजार नगद हात पारेको छ।
प्रतियोगिताका विजेता खेलाडीलाई श्रीकोट युवा क्लबका विनोद सिंह विष्ट, भुवन कार्की, नेकपा जिल्ला सदस्य नरेन्द्र कार्की, भोजराज जोशीलगायतले पुरस्कार वितरण गरेका थिए। श्रीकोट युवा क्लबको आयोजनामा शुरू भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।
जसमा श्रीकोट, जिमकोटसहित बासुलिंग क्रिकेट क्लब, कालभैरब देहिमाडौं, पन्ज्युनया क्रिकेट क्लब, न्वाली स्टार, रिखाली वारियर्स र पिपलकोट क्रिकेट क्लब रहेका थिए। प्रतियोगिताको प्रायोजन भुवन कार्कीले गरेका थिए। प्रतियोगिता साउन १२ गतेदेखि शुरू भएको थियो।

प्रतिक्रिया दिनुहोस्