होटल मजदूरले लकडाउन अवधिभरको तलब पाउने


न्युज अफ नेपाल, काठमाडौं ।

लकडाउनमा बन्द रहेका होटलले आफ्ना मजदूरलाई न्यूनतम तलब दिइने भएको छन् । होटल एसोसिएसन र मजदूर संगठन बीच मजदुरलाई ४३ सयदेखि १० हजार रुपैयाँसम्म पारिश्रमिक दिने आइतबार भएको हो।

सहमति अनुसार पाँचतारे होटलका मजदूरलाई मासिक १० हजार रुपैया दिने सहमति भएको छ । तर, २ सय भन्दा कम कोठासंख्या भएका पाँचतारे होटलका मजदूरले भने ९ हजार मात्रै पारिश्रमिक पाउनेछन् ।

यस्तै चारतारे डिलक्स सय कोठा भन्दा बढी भएका होटलका मजदूरले ८ हजार ४५५ रुपैया र सय कोठा भन्दा कम रहेका चारतारे होटल ८ हजार रुपैयाँ तलब दिने भएका छन् । तीनतारे होटलका मजदूरलाई ५ हजार र दुईतारे होटलका मजदूरलाई भने मासिक ४ हजार ३ सय रुपैयाँ तलब दिने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।