वन रक्षकसहित दुईको निधन



काभ्रे, (नेस)

डिभिजन वन कार्यालयमा काम सकेर फर्कैंदै गरेका सब डिभिजन वन कार्यालय कटुञ्जे रोशीका वनरक्षक वेदप्रसाद कोइराला र उनका दाइलाई ट्रिपरले ठक्कर दिँदा दुवैको घटनास्थलमै निधन भएको छ ।

वा३६प ५०५२ नम्बरको मोटरसाइकललाई बनेपाबाट रविओपी जाँदै गर्दा बा४छ ६३८६ नम्बरको ट्रिपरले धुलिखेल नगरपलिका–२ रविओपीको ढुँडामुखमा ठक्कर दिएको थियो ।

ठक्करबाट घटनास्थलमै वनरक्षक ५० वर्षीय वेदप्रसाद कोइराला र उनका दाजु ५५ वर्षीय गोवद्र्धन कोइरालाको निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनुभयो ।
ठक्कर दिने टिपर चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस्