नेकपाको स्थायी कमिटी बैठक सकियो



तस्वीरः सुर्य थापाको फेसबुकबाट

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबारको स्थायी कमिटी बैठक सकिएको छ ।बैठकमा ५ जना नेताहरुले धारणा राखेपछि बैठक सकिएको हो ।बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरु लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राख्नुभएको छ ।

पार्टीको प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार बैठकमा मदन जयन्तीका अवसरमा असार १४ गते प्रधानमन्त्रीले राखेका विचार, सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको संलग्नता रहेको भन्ने प्रधानमन्त्रीको भनाई र दुई दिनअघि निर्वाचन आयोगमा दर्ताको लागि आवेदन परेको भनिएको नेकपा (एमाले) को सम्बन्धमा छलफलमा सदस्यहरूले भाग लिएका थिए।

बैठक बिहीबार विहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्