ललितपुर प्रहरी हिरासतमै झुण्डिए थुनुवा



न्युज अफ नेपाल, काठमाडौं ।
महानगरिय प्रहरी परिसर ललितपुरमा रहेका एक जना थुनुवाले आत्महत्या गरेका छन्। सिराहको औराहीका दुर्गेस यादवले आज बुधबार बिहान आत्महत्या गरेका हुन्।

उनले तन्नाको पासो लगाएर बाथरुममा झुण्डिएर आत्महत्या गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिनुभयो ।

बाथरुममा झुण्डिएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले तत्काल पाटन अस्पताल लगेको थियो।

अस्पतालले उनलाई केहीबेर अघि मृतक घोषणा गरेको प्रहरीले जनाएको छ । उनी जबरजस्ती करणीको मुद्दामा पक्राउ परेको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्