कञ्चनपुरमा लोपोन्मुख अजिंगर



न्युज अफ नेपाल, धनगढी ।
कञ्चनपुरमा लोपोन्मुख अजिंगर फेला परेको छ । त्यहाँको कृष्णपुर नगरपालिका–१ को गैरशंकर सामुदायिक वनमा उक्त अजिंगर फेला परेको हो ।

स्थानीयले वनमा अजिंगर देखेपछि स्थानीयले डिभिजन वनलाई खबर गरेको थियो । पछि डिभिजन वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले अजिंगरको उद्धार गरिएको डिभिजन वन प्रमुख शिवराज शर्माले बताउनुभयो ।

८ फिट ९ इन्च लामो अजिंगर ४० किलो तौल नाप लिईएको छ । रक पाइथन नामक उक्त अजिंगरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिएको छ।

प्रतिक्रिया दिनुहोस्