कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। उहाँको आज बुधबार शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।

६६ वर्षीया छन्त्यालको मुटुमा समस्या देखिएपछि त्यहाँ उपचार भईरहेको थियो । छन्त्याल बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिवाङको हुनुहुन्थ्यो । उहाँ प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद हुनुहुन्थ्यो । उहाँको दुई छोरा र दुई छोरी छन्।

प्रतिक्रिया दिनुहोस्