गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि



गुल्मी, (नेस)
गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रादेशिक प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मी दरबार गाउँपालिकामा २१ जना र रूरूक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेका छन् । जिल्लामा संक्रमित ३ सय २४ जना पुगेका छन् भने ४२ जना कोरोनामुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्