नागरिकतामा सातवर्षे प्रावधानको विरोध



काठमाडौं, (नेस)

जनता समाजवादी पार्टी (जसपा) ले नागरिकता विधेयकको विरोधमा मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

संसद्को राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधान पारित गरेको छ ।

जसपा नेताहरु नागरिकता विधेयकको विभेदकारी प्रावधानहरु खारेजीको माग गर्दै विरोध प्रदर्शनमा उत्रेका हुन् । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री बाबुराम भटराई, अशोक राई, महेन्द्र यादव, शरतसिंह भण्डारी, हिसिला यमीलगायत नेताहरु सो प्रदर्शनमा सहभागी हुनुभएको छ ।

नेपाली पुरुषसँग बिहे गर्नासाथ नागरिकता पाउने प्रावधान कायम रहनुपर्ने जसपाको माग छ । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी एकीकरण भई बनेको जनता समाजवादी पार्टीले सो प्रदर्शन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्