साफको मिति सर्‍यो



न्युज अफ नेपाल, काठमाडौँ ।

यसै वर्षको सेप्टेम्बर ७ देखि बङ्गलादेशमा हुने भनिएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको मिति सरेको छ ।

प्रतियोगिता आगामी बर्ष सम्मका लागि सरेको छ । दक्षिण एसियाली फुटबल महासंघको आयोजनामा ढाकाको बङ्गबन्धु रंगशालामा तय गरिएको १३ औं साफ च्याम्पियनसिप कोरोना भाईरस र अक्टोबरमा एएफसीले विश्वकप तथा एसियन कप छनोटका लागि ल्याएको प्रस्तावित मितिका कारण २०२१ मा सारिएको छ ।

साफको सचिवालयको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप फुटबल अर्को बर्षका लागि सारेको हो । यसका साथै यू १५ साफ, यू १५ महिला साफ र यू १८ महिला साफ च्याम्पियनसिप पनि तत्कालका लागि सरेको छ । ‌यी प्रतियोगिताको मितिका बारेमा आगामी सेप्टेम्बरमा बैठक बसेर निर्णय गरिने भएको छ ।

नेपाल सहित अन्य ६ सार्क राष्ट्रबीच हुने प्रतियोगिता २०१८ पछि फेरी पनि बङ्गलादेशमै हुन लागेको थियो । यसअघि ११ अप्रिल २०१८ मा यो प्रतियोगिता पाकिस्तानलाई आयोजना गर्न दिने निर्णय गरिए पनि २०१९ सेप्टेम्बरमा बङ्गलादेशमै गर्ने निर्णय भएको थियो । नेपाली टिमले २०१५ को साफ च्याम्पियनसिप बाहेक अरु पाँच संस्करणमा सेमीफाइनल भन्दा माथि उक्लन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्