नेपालमा पनि फुटबल शुरु हुँदै



  • न्युज अफ नेपाल, काठमाडौं

कोरोना भाइरसको महामारीको अवस्थामा विश्वमा फुटबल शुरु हुदै आएको छ । जर्मन लिग, स्पेनी लिग शुरु भएका छन् । अब नेपालमा पनि फुटबल शुरु हुने छाँटकाँट देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको मंगलबार बसेको बैठकले नेपाली टोलीको तयारी यसै महिना शुरु गर्ने निर्णय गरेको छ ।

सो एन्फाको आपतकालिन बैठकले असोजमा दशरथ रंगशालामा हुने विश्वकप छनोटका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो । यही असार १७ गतेदखि साउन १६ गतेसम्म नेपाली टोलीले प्रशिक्षणमा सहभागिता जनाउनेछ ।

एन्फाले निर्णय गरेको बुँदामा उल्लेख गरिएको छ-राष्ट्रिय फुटबल टिमले आगामी सन् २०२० को अक्टोबर ८ देखि नेपालमा संचालन हुन गैरहेको बिश्व कप फुटबल प्रतियोगिता २०२२ को दोश्रो चरणको खेलहरुमा सहभागी हुन आगामी जुलाई महिनाबाट नै प्रशिक्षण तयारी संचालन गर्ने निर्णय गरीयो ।

उक्त प्रशिक्षण संचालन गर्न एशियाली फुटबल महासंघको निर्देशन अनुरुप सम्बन्धित निकायहरु राष्ट्रिय खेलकुद परिषद, सम्बन्धित स्वास्थ्य मन्त्रालय र खेलकुद मन्त्रालयबाट समेत आवश्यक स्विकृति लिई मात्र संचालन गर्ने तथा आवश्यकता अनुसार निकायमा चाडै नै पत्राचार गरी स्विकृति लिने निर्णय गरीयो .

प्रतिक्रिया दिनुहोस्