सुशान्तको आत्महत्याबारे किन अझै बोलेनन् धोनी



नयाँ दिल्ली, (एजेन्सी)

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेको खबरप्रति क्रिकेटर महेन्द्र सिंह धोनीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । एमएस धोनीः द अनटोल्ड स्टोरी चलचित्रमा सुशान्तले धोनीको भुमिकामा खेलेका थिए । सन् २०१६ को सो धोनीको आत्मकथाको चलचित्रले बक्सअफिसमा सुपर हिट समेत भएको थियो ।

त्यतिबेला रिलिज भएको सलमान खानको चलचित्र सुल्तानको हाराहारीमा सो चलचित्रले कमाई गरेको थियो । तर धोनीको भुमिकामा खेलेर लोकप्रिय भएको अभिनेता सुशान्तको आत्महत्यामा भारतीय टोलीका पूर्व कप्तानले केही बोलेका छैनन् । तर सो चलचित्रका निर्देशक नीरज पाण्डेले धोनी उक्त घटनादेखि उदास भएको बताए । सोमबार मुम्बईको भिले पार्ले शमशान घाटमा उनको अन्तिम संस्कार गरिएको थियो ।

निर्देशक नीरजले बताए—मैले केही पनि बोल्ने स्थितिमा छैन । म यही बोल्न सक्छु कि मैले एक जना घनिष्ठ साथी गुमाएको छुँ । खबर सुन्नाबितिकै मैले माही (धोनीलाई माया गरी बोलाउने नाम) भाइ र दुई जना साथी मिहिर दिवाकर र अरुण पाण्डेलाई फोन गरेको थिए । सबै ज्यादै दुखी छन्, खबर सुनेर माहि भाइलाई चोट पुगेको छ । उनी निकै दुःखी देखिएको छ ।

धोनी र सुशान्त दुबै जना बिहारका हुन्, यसैले दुबैजनाको तालमेल निकै मिलेको निर्देशक नीरज बताउँछन् । उनले बताए— म, माही र सुशान्त दिल्लीमा धोनीको एयर इन्डियावाला घरमा गएको थिएँ । माही घरमा जहाँ बस्ने र खाने गर्थे, भुमिकामा ढाल्नको लागि सुशान्त पनि उस्तै तरिकाको व्यवहार गर्थे ।

घरमा एक स्थान थियो, जहाँ माही भुँईमा सुत्ने गर्थे । सुशान्तले पनि त्यस्तै गरेका थिए । धोनीको भुमिका खेल्न पाउँदा उनले आफुलाई भाग्यशाली मानेका थिए । मैले कहिले पनि सोचेको थिएन कि उनले यस्तो कदम उठाउँछ भनेर ।

प्रतिक्रिया दिनुहोस्