विश्वकपलाई लिएर अस्ट्रेलिया दोधारमा



  • लन्डन, (एजेन्सी)

अस्टे«लियाका प्रधानमन्त्री स्कट मोरिसनले यस वर्ष हुने टी २० क्रिकेट विश्वकप आयोजना गर्न सक्ने सम्भावना केही साता अघि दर्शाएका थिए । यो खबरले सहभागि हुने १६ टोलीलाई खुशी बनाएको थियो । तर क्रिकेट अस्टे«लियाका प्रमुख अर्ल एडिंग्सले मंगलबार टी २० विश्वकप आयोजना गर्ने निकै मुश्किल भएको बताए ।

एक भिडियो सम्मेलनमा एडिंग्सले बताए कि कोरोनाभाइरसबाट पुरै संसार जुझिरहेका छ । यस्तोमा १६ देशका टिमहरुलाई विश्वकपको लागि एउटै स्थानमा ल्याउन चुनौती हुनेछ । अस्टे«लियाले आयोजना गर्ने यस वर्षको टी २० विश्वकप १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म हुने हो । प्रतियोगितालाई लिएर अर्को महिना हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बैठकमा निर्णय हुनेछ ।

एडिंग्सले बताए—यस वर्ष विश्वकप मुश्किल लागिरहेको छ । जबकी अहिले प्रतियोगिता स्थगित गर्ने वा रद्द हुने कुनै आधिकारिक घोषणा पनि भएको छैन । हामी सहभागि हुने १६ टोलीलाई अस्टे«लिया ल्याउने पुरै कोशिस गरिरहेका छौ । अहिले पनि कति देशमा कोरोनाको मामिला बढीरहेको छ । यस्तो संक्रमणको समयमा विश्वकप हुने मुश्किल छ ।
न्युजिल्यान्ड आयोजक बन्न सक्ने

यदि अस्टे«लियामा विश्वकप आयोजना गर्न नसकेमा न्युजिल्यान्ड आयोजक राष्ट्रको रुपमा छनोट गर्न सकिने न्युजिल्यान्डका खेल मन्त्री ग्रान्ट रोबर्टसनले बताए । उनले आईसीसीले यस्तै निर्णय गर्नु पर्ने पनि सुझाव दिएका छन् । तर उनले न्युजिल्यान्डमा कोरोनाको कारण बाहिरी देशका नागरिक आउन मनाहि गरेकोले अहिले नै केही भन्न नसकिने बताए । न्युजिल्यान्ड कोरोना मुक्त घोषित देश हो ।

प्रतिक्रिया दिनुहोस्