गुजरातको राजकोटमा शक्तिशाली भूकम्प


  • नयाँदिल्ली,एजेन्सी

भारतको गुजरातको राजकोटमा स्थानीय समय अनुसार आइतवार बेलुका ८ बजेर १३ मिनेट जाँदा ५ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ ।

त्यसको कम्पन कुच , सौराष्ट्र र अहमदावाद सम्म महशुस गरिएको राष्ट्रिय भुगर्भ केन्द्र जनाएको छ । यसको केन्द्रविन्दु राजकोट देखि १ सय २२ किमि उत्तर –उत्तर पश्चिममा रहेको बताइएको छ ।

घटना लगत्तै गुजरातका मुख्यमन्त्री विजय रुपानीले राजकोट , कुच र पाटन जिल्लाका प्रशासन प्रमुखहरुलाई टेलिफोन गरी वस्तुस्थितीबारे जानकारी हासिल गरेका थिए । जनधनको क्षतिबारे विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।