उदयपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौं ।

उदयपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बेलका नगरपालिकाका २ र चौदण्डीगढी नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित उनीहरु स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुमध्ये एक जना १५ दिनअघि काठमाडौंबाट उदयपुर फर्किएका थिए । उदयपुर जानु अघि कोरोना परीक्षण गराएका उनको रिपोर्ट भने नेगेटिभ आएकोे थियो । कामको शिलशिलामा ३ दिन काठमाडौं बसेर पुनः उदयपुर फर्किएका उनलाई नगरपालिकाले क्वारेन्टिनमा राखिएको थियो । दुई साता क्वारेन्टिन बसाई सकिएपछि घर पठाउनुभन्दा अघि गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको हो ।

अन्य दुई जनालाई भने विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको थियो । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।