काठमाडौं सडक बालबालिका मुक्त भएकाे अर्थमन्त्री खतिवडाकाे भनाई



न्युज अफ नेपाल, काठमाडाैँ ।

अर्थमन्त्री युवराज खतिवडाले निरपेक्ष गरिबी कम भएको बताएका छन् । संसद्‍मा बजेट भाषण गर्दै उनले काठमाडौं सडक बालबालिका मुक्त भएको बताएका छन् ।

सबै नेपालीको जीवन रक्षा गर्ने, भविष्यप्रति आशा जगाउने र विकासलाई गतिशीलतामा लैजाने उद्देश्यले बजेट प्रस्तुत गरेको बताउँदै उनले चालु आर्थिक वर्षमा १२.९ प्रतिशतले निर्यातमा वृद्धि भएको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कोरोनाको प्रभावाबट पनि छैट्टै माथि उठ्ने विश्वास व्यक्त गरेका हुन्।

अर्थमन्त्री खतिवडाले भने,‘हामी छिट्टै उठ्न सक्छौँ र उठ्छौँ भन्ने विश्वासका साथ नयाँ बजेट बनाएको छु’ अर्थमन्त्री खतिवडाले भने।

प्रतिक्रिया दिनुहोस्