आईपीएल रद्द भए आर्थिक संकट निम्तिने



नयाँ दिल्ली, एजेन्सी।

इन्डियन प्रिमिएर लिग (आईपीएल) २०२० रद्द भएमा भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई० लाई चरम आर्थिक संकट निम्तिने सम्भावना बढेको छ ।

कोरोना भाइरसका कारण स्थगित यस वर्षको इन्डियन प्रिमिएर लिग गत मार्च २९ बाट शुरु हुनुपर्ने थियो। तर, कोरोना नियन्त्रणका लागि भारत भर गरिएको लकडाउनका कारण प्रतियोगिता स्थगित हुँदै आएको छ । जसका कारण प्रतियोगिता गर्ने नयाँ मितिसम्म निश्चित हुन सकेको छैन । नयाँ मिति घोषणाको टुङ्गो नलागेपछि प्रतियोगिताको भविष्य पनि अन्योलमा परेको छ ।

आगामी अक्टोबररनोभेम्बरमा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपका कारण पनि यस बर्षको सिजन रद्द हुन सक्ने सम्भावना बढेको छ । यदि यो वर्ष आईपीएल रद्द भएमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई चार हजार करोड घाटा लाग्ने अनुमान गरेको बिसीसीआईका एक पदाधिकारीले बताएका छन् ।

उनले यो वर्ष आईपीएल हुन्छ वा हुँदैन भन्ने विषयमा दुविधा रहेको बताए। वर्तमान अवस्थालाई मध्यनजर गर्दै उनले यो वर्ष प्रतियोगिता रद्द हुने सम्भावना बढेको बताएका छन् । एक अध्ययनले आईपीएलको गत बर्षको ब्रान्ड भ्यालु ६.७ बिलियन डलर रहेको जनाएको थियो । सन् २००८ देखि शुरु भएको आईपीएलबाट बीसीसीआईलाई मात्र नभएर भारतीय अर्थतन्त्रमा प्रत्येक बर्ष हुने ११ बिलियन डलरको कारोबारमा समेत असर पर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्