फिफाले थप डेढ लाख डलर दिने



न्युज अफ नेपाल, काठमाडौँ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा अखिल नेपाल फुटबल संघ एन्फाले पाउनुपर्ने डेढ लाख डलर पनि दिने भएको छ।सन् २०१८ को डिसेम्बर अन्तिमसम्म बुझाउनुपर्ने एउटा कार्ययोजना नबुझाएपछि रोकिएको डेढ लाख डलर फिफाले दिने भएको हो।

त्यसका लागि एन्फाले पुनस् कार्ययोजना पेश गर्नुपर्नेछ। त्यतिबेला च्यासलको एन्फा टेक्निकल सेन्टरलाई होस्टेलमा परिणत गर्ने र युथ परियोजना सञ्चालनका लागि कार्ययोजना पठाउन नसकेपछि फिफाले उक्त रकम रोकेका थिए।

यो बाहेक फिफाले कोरोना भाइरसका कारण समस्यामा परेका आफ्ना सदस्य राष्ट्रहरुलाई ५ लाख डलर सहयोग गर्नेछ। जसअनुसार नेपालले ५ लाख अमेरिकी डलर प्राप्त गर्ने भएको छ। कोरोनाका कारण विश्वभर फुटबल गतिविधिमा परेको आर्थिक संकट परिपुर्तिका लागि फिफाले आफ्ना प्रत्येक सदस्य राष्ट्रहरुलाई ५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको हो।

प्रतिक्रिया दिनुहोस्