ज्योति विकास बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा कंडेल



न्युज अफ नेपाल, काठमाडौँ ।

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीको सेवा अवधि समाप्त भएपछि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी महाप्रवन्धक पारस राज कंडेलले लिएका छन् ।

बैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार अर्को निर्णय नहुन्जेल सम्मको लागि कंडेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्