कोरोना संक्रमित श्रेष्ठ स्वस्थ भएर घर फर्किइन्


न्युज अफ नेपाल,काठमाडौं ।

फ्रान्सबाट आएकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ २७ दिन उपचारपछि शनिबार घर फर्किएकी छन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा कोरोनाभाइरस पुष्टि भएपछि गत चैत १० गते उपचारका लागि टेकु अस्पताल भर्ना भएकी थिइन् ।

उनी २७ दिन अस्पताल बसेर आज घर फर्किएको स्वास्थ्य मन्त्रालयले बताएको छ । गत चैत ९ गते बेलुकी उनमा कोरोनाभाइरस संक्रमण देखिएको भोलिपल्टदेखि उनी अस्पतालमा उपचाररत थिइन् ।उनी गत चैत ४ गते नेपाल आएकी थिइन् । चीनबाट आएका पहिलो विरामी पनि उपचारपछि घर फर्किसकेका छन् ।

तस्बीर :स्वास्थ्य मन्त्रालय ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।