कर्जामा तीन प्रतिशत ब्याज घटाउन उद्योगी व्यवसायीको माग



न्युज अफ नेपाल, काठमाडौं।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को प्रतिनिधि मण्डलले आज अर्थमन्त्री युवराज खतिवडासमक्ष १७ बुँदे सुझाव पत्र बुझाएको छ। एफएनसीसीआईका अध्यक्ष भवानी राणासहित सिंहदवार पुगेको टोलीले खतिवडासमक्ष सुझाव पत्र बुझाएको हो ।

महासंघले पर्यटन, निर्यात, उत्पादनमुलक उद्योग र कृषि क्षेत्रको लागि दुई प्रतिशत व्याजमा ऋण प्राप्त गर्ने गरी पुनर्कर्जाको व्यवस्था गरिदिन माग गरेको छ । यस्तै, कर्मचारी तथा कामदारको तलब र ज्याला भुक्तानीको लागि रकम चाहिने भएकाले दुई वर्षमा किस्ताबन्दीमा तिर्ने व्यवस्थासहित ऋण दिनुपर्ने उनीहरूले माग राखेका छन् ।

उद्योगी व्यवसायीले लिएको वर्किङ क्यापिटल लोन र ओभर ड्राफ्ट लोन मा बैंकले १० प्रतिशतले वृद्धी गरी कर्जा दिन सक्ने व्यवस्था गरिनुपर्ने संघले जनाएको छ ।

सुझाव पत्र : 

FNCCI

प्रतिक्रिया दिनुहोस्