नेपाल लक डाउन

0
Shares

दीपक रिजाल, काठमाडौं।

विश्वव्यापीरूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले आज मंगलबारदेखि एक हप्ताका लागि मुलुकलाई ‘लकडाउन’ गर्ने निर्णय गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बेलुका बसेको बैठकले उक्त निर्णय गरेको हो।

मुलुकभर लकडाउन भएपछि अब अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने भएको छ। अब आन्तरिक उडान पनि बन्द गर्ने निर्णय सरकारले गरेको छ। अब कुनै व्यक्ति घरबाट निस्कन पाउनेछैन। कोही व्यक्तिले अटेर गरेर हिँडडुल गरे सुरक्षाकर्मीले पक्राउ गरी कारबाही गर्नेछ।

अब सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा खटिएका व्यक्ति तथा अनुमति प्राप्त साधनबाहेकका सबै सवारी साधन बन्द गर्ने निर्णय गरेको संयोजक मन्त्री पोखरेलले जानकारी दिनुभयो।

भोलिबाट खाद्यान्न, दूध, पानी, अक्सिजन सिलिन्डर बोकेकाबाहेक अन्य सबै सवारी साधनलाई रोक लगाइएको छ। फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक युवतीमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएपछि सरकारले मुलुकलाई नै लकडाउन गर्ने निर्णय गरेको हो।

Skip This