न्युज अफ नेपाल,काठमाडौँ ।
यसै वर्ष हुने टोकियो ओलम्पिकको लागि जोर्डनको अम्मानमा जारी एसिया-ओसेनिया बक्सिंग छनोटअन्तर्गतको खेलमा नेपाली मुक्केबाज सनिल शाहीले किर्गिस्तानका बक्सर आर्जेन कादिरबेक उलुलाई पराजित गरेका छन् । ।
मंगलबार भएको ६३ केजी तौल समूहको उक्त भिडन्तमा सनिलले उलुलाई ५-० अंकले हराउँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । अब दोस्रो राउन्डमा सनिलले तजिकिस्तानका अनुभवी बक्सर बाखोदुर उस्मानोभको सामना गर्नेछन् ।











प्रतिक्रिया