केदारस्युँद्धारा फरक क्षमता भएका व्यक्तिहरुलाई सम्मान



मानबहादुर बोहरा, बझाङ ।

बझाङको केदारस्युँ गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमका बीच गाउँपालिकामा पालिका भरीका ३२ जना आंशिक र पूर्ण रुपमा अपाङ्ग भएका व्यक्तिहरुलाई सम्मान गरेको हो ।

सम्मानसँगै न्यानो व्लाङ्केट, टर्चलाइट, लट्ठी, बौसाखी लगाएतका शामाग्री पनि अपाङ्ता भएका व्यक्तिलाई उपलब्ध गराइएको छ । आफूलाई गाउँपालिकाले सम्मान गरेपछि फरक क्षमता भएका व्यक्तिहरु खुसी भएका छन् ।

“गाउँपालिकाले सम्मान गर्यो, कम्मल टर्चलाइट पनि दिएको छ, केदारस्युँ सेकुका मिने बोहराले भने, – हामी अपाङ्ता भएका व्यक्तिहरुलाई विभिन्न खाले समस्या हुन्छन् ।

हामीलाई गाउँपालिकाले सम्मान गरेकोमा खुसी लागेको छ ।” मिने बोहरा पूर्णरुपमा अपाङ्ग हुन् । उनि हातको साहाराले मात्रै सामान्य हिडडुल गर्न सक्छन् । उनले अपाङ्गता भएकाहरुको हितका लागि समुदाय र विभिन्न कार्यलयहरुमा पनि अपाङ् मैत्री वातावरण सृजना हुनुपर्ने बताए ।

गाउँपालिकाले सम्मान गरीरहँदा खुसी भएका फरक क्षेमता भएका व्यक्तीहरुलाई समाजले भने अझै पनि फरक नजरले हेर्ने गरेको अपाङ्गता भएका हरुको भोगाई छ । केदारस्युँकै रायलका डम्मर मल्लले घर परिवार देखि समुदायले अपाङ्ता भएका व्यक्तिहरुलाई फरक नजरले हेर्ने गरेको बताए ।

केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले फरक क्षेमता भएका व्यक्तीहरुलाई सम्मान गर्दै उनिहरुको हक हित र व्यवस्थाको लागि विषेश पहल गरिने बताइन् । “अपाङ्ता भएका व्यक्तिहरुको हक हितको लागि गाउँपालिकामा सञ्जाल गठन गरिने छ ।

त्यसपछि उक्त सञ्जालले अपाङ्ता भएका व्यक्तिहरुको समस्या उठाउनेछ, उपाध्यक्ष धामीले भनिन्, – आवश्यकता पहिचान भएपछि विभिन्न कार्यक्रम पनि सञ्चालन गरिने छ । पालिका भरीमा अपाङ्ता भएका व्यक्तिहरुको माग परिपूर्तीको लागि केदारस्युँ गाउँपालिकाले पहल गर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्