सिन्धुपाल्चोकमा चिकित्क टोली पुगे



न्युज अफ नेपाल, काठमाडौं ।

रुघाखोकी र ज्वरोले एकैपटक धेरै मानिस बिरामी पर्न थालेपछि वागमती जनस्वास्थ्य प्रयोगशालाको एउटा टोली सिन्धुपाल्चोक जिल्लाको प्रभावित गाउँमा पुगेको छ ।

जुगल गाउँपालिकाको गुम्बा बस्तीमा रुघा खोकी र ज्वरोका कारण मानिस धमाधम बिरामी पर्न थालेका थिए । त्यसपछि गाउँपालिकाले कोराना भाइरसको आशंका गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बिरामीको स्याम्पल परीक्षण गर्ने मंगलबार पत्राचार गरेको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशनमा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको टोली चिकित्सकसहितको स्वास्थ्यकर्मी प्रभावित ठाउँमा गएको सिन्धुपाल्चोक स्वास्थ्य कार्यलयका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिनुभएको छ ।

‘प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट चिकित्सक, नर्स र प्रयोगशालाका प्राविधिकसहितको टोली बिरामीको स्याम्पल परीक्षणका लागि गुम्बागाउँतर्फ गएका छन् ।

चापागाईले भन्नुभयो—‘केहि समयपछि नमुना परीक्षण गरेर मात्र एकिन गर्न सकिन्छ ।’ केही बिरामीको स्याम्पल संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो चरणमा इफ्लुएन्जा परीक्षण गरिनेछ । ‘बिरामी सामान्य अवस्था रहेका छन् ।

मौसमी रुघाखाकी हो, चापागाईले भन्नुभयो— स्वास्थ्यकमीैले बिरामीमा कुनै कोरोनाको लक्षण नभएको बताएका छन् ।’ गुम्बागाउँमा तीन दिनअघि देखि देखिन थालेको रुघाखोकीको संक्रमणबाट हालसम्म १ सय ५९ जना बिरामी परिसकेका चापागाईले जनाकारी दिनुएको छ ।

प्रतिक्रिया दिनुहोस्