आफ्नै साथीको कुटाइबाट निधन



न्युज अफ नेपाल, धनकुटा ।

धनकुटामा साथीको कुटाइबाट युवतीको निकन भएको छ। साथीको कुटाइबाट निधन हुनेमा धनकुटा छथरजोरपाटी –३ लामो गराकी २९ वर्षीया पवित्रा राई रहेकी छिन् ।

गत शनिबार बेलुका सामान्य बिबाद हुदा सोही स्थानकी २८ वर्षीया निर्मला श्रेष्ठले पवित्रालाई दाउराको अगुल्टोले टाउको र मुखमा हिर्काउँदा गम्भीर घाईते भएकी राईको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मंगलबार निधन भएको प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

राईको मृत्युसँगै घटनामा सलग्न श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्