स्काभेटरको ठक्करबाट गणेशको निधन



न्युज अफ नेपाल, कञ्चनपुर ।

कञ्चनपुरमा स्काभेटरले ठक्कर दिँदा एक युवकको निधन भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, वनसमिति बजार नजिक मंगलबार साँझ से १ त ९१६ नम्बरको स्काभेटरले ठक्कर दिँदा ३५ वर्षीय गणेश बादीको निधन भएको हो।

भीमदत्त नगरपालिका–९, ब्रम्हदेवका बादीको स्काभेटरले ठक्कर दिँदा घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

ठक्कर दिने स्काभेटर र चालकलाई नियन्त्रणमा लिइएको छ। मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्