साइपालमा तुरुन्त खाद्यान्न पुर्याउन सांसद विकको माग



मानबहादुर बोहरा, बझाङ ।

बझाङको साइपालमा भएको खाद्यान्न अभावको विषय प्रतिनिधि सभाको बैठक सम्म पुगेको छ । मंगलबारको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभा सदस्य आशा विकले खाद्यान्न संकट भएको बझाङको साइपाल गाउँपालिकामा तुरुन्त खाद्यान्नको व्यवस्था गर्न माग गरेकी हुन् ।

बैठकमा समय लिएर बोल्दै सदस्य विकले साइपाल गाउँपालिकामा २८ मंसिरदेखि अहिलेसम्म ६ पटकभन्दा बढी भारी हिमपात भएकाले हेलिकोप्टरमार्फत खाद्यान्न ढुुवानी गरिदिन आग्रह गरेकी हुन् ।

जम्मा ५ वटा वडा रहेको साइपाल गाउँपालिकाको वडा नम्बर १ र २ मा भेडा, खच्चरको माध्यमबाट खाद्यान्न पुगे पनि ३, ४ र ५ वडामा जान हिउँले बाटो अबरुद्ध भएपछि खाद्यान ढुवानी हुन नसकेको गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए ।

साइपाल गाउँपालिका भौगोलीक हिसावले ठूलो र विकट गाउँपालिका हो । बाटोमा बाक्लो हिउँ जमेकाले हेलिकोप्टर बाहेक अन्य विकल्प नरहेकोले हेलिकप्टरको लागि सांसद देखि प्रमुख जिल्ला अधिकारी सम्म समन्वय गर्न लागेको अध्यक्ष धामीले बताए ।

साइपाल गाउँपालिकामा हिमपातले खाद्यान्न अभाव हुन थालेको विषय केहि दिन अघि मात्रै न्युज अफ नेपालले आफ्नो अनलाइन संस्करणमा समाचार प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्