बोरामा पोको पारेर पोखरीमा डुबाएको अवस्थामा बालिकाको शव फेला



न्युज अफ नेपाल, सिराहा।

सिरहामा एक १५ महीने बालिकाको हत्या भएको छ। बरियारपट्टि गाउँपालिका–३ की आशिकीकुमारी यादवको पोखरीमा डुबाएर हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

आशिकी २७ माघ घरबाटै हराएको भन्दै परिवारले प्रहरीमा निवेदन दिएका थिए।

खोजतलासका क्रममा मंगलबार दिउँसो पोखरीमा शव फेला परेको सिरहा प्रहरीले जानकारी दिएको हो।

घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्