पाटे बाघको छाला सहित तीन जना पक्राउ



काठमाडौं ।

संरक्षित वन्यजन्तु पाटे बाघको छाला सहित ३ जनालाई दाङकाे तुल्सीपुर उपमहानगरपालिका-५ बसपार्कबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यान बनगाड किपण्डे नगरपालिका-२ बस्ने ३७ वर्षीय यम बहादुर राना, सल्यान त्रिवेणी गाँउपालिका-१ बस्ने ३० वर्षीय सुरनित रामजा बुढा मगर र सल्यान शारदा नगरपालिका-१ बस्ने २६ वर्षीय रमित सुनार रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा खरिद बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्