छुरा प्रहारबाट दाजुभाई घाइते, अभियुक्त पक्राउ



न्युज अफ नेपाल, पर्वत ।

पर्वतको फलेबास नगरपालिका–३, मा सोमबार राती छुरा प्रहारबाट सहोदर दाजुभाई गम्भीर घाइते भएका छन । स्थानीय पसलमा मोबाइलको रिर्चाज किन्न पुगेका बेला सोमबार राती साढे ८ बजे २८ वर्षीय बिष्णु नेपाली र २३ वर्षीय मिलन नेपाली माथि छुरा प्रहार भएको हो ।

अध्यारोमा बालेको टर्च लाइटको प्रकाश आफ्नो अनुहारमा परेको निहुँमा बिबाद हुँदै गएपछि सोही ठाउँका ३८ बर्षिय देबहादुर नेपालीले छुरा प्रहार गरेका थिए । घाइते दाजुभाईको गण्डकी मेडिकल कलेज पोखरामामा उपचार भईरहेको छ ।

छुरा प्रहार गरि घाइते बनाएको अभियोगमा नेपालीलाई गाउँमै लुकेर बसेको अबस्थामा पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

अभियुक्त नेपालीका बिरुद्ध पर्वत जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरि अनुसन्धानको काम गरिरहेको प्रहरी निरीक्षक बिकास थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्