‘साक्षर’ रोशी घोषणा



मोतीराम तिमल्सिना, काभ्रे ।

रोशी गाउँपालिका साक्षर घोषणा गरिएको छ । जिल्लामा १२ औं स्थानीय तह साक्षर घोषणा गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले फागुन १ गते चौरी देउराली गाउँपालिका साक्षर घोषणा गरेपछि फागुन ७ गतेलाई साक्षर जिल्ला घोषणा गर्ने बताउनु भयो ।

अध्यक्ष डिबी लामाले साक्षर गाउँपालिका घोषणा गर्ने प्रस्तावमा प्रमुख उद्धव केसीले गाउँपालिकालाई साक्षर घोषणा गर्नु भएको थियो । कार्यक्रमा बोल्दै प्रमुख उद्धव केसीले जिल्ला साक्षर बनाउने अभियानमा स्थानीय तहलाई साक्षर बनाउँदै लगिएको बताउनु भयो । १५–६० उमेर समुहका व्यक्तिहरुलाई साक्षर बनाउन स्थानीय तहले निरन्तर प्रयास गरिरहेकोमा प्रमुख केसीले धन्यवाद दिनु भएको थियो ।

रोशी गाउँपालिकामा ९८.९७ प्रतिशत नागरिक साक्षर भएका छन् । गाउँपालिका आफैले साक्षरता कक्षाहरु संचालन गरी साक्षर गाउँपालिका घोषणाका लागि तयारी गरेको थियो । ‘हाम्रो प्राथमिकता नै स्थानीय नागरिकलाई साक्षर गराउनु थियो’ -अध्यक्ष डिबी लामाले भन्नुभयो– ‘साक्षर गाउँपालिका भए पनि पूर्ण साक्षर बनाउने अभियानमा निरन्तर कृयाशिल रहने छौं ।’ शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, रोजगार र आधारभुत आवश्यकताहरुमा स्थानीय सरकारले विशेष ध्यान दिएको अध्यक्ष लामाले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्ताैला, प्रमुख प्रशासकिय अधिकृत डम्मरु दाहाल, शिक्षा विकास समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्की, नमोबद्ध नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख जनार्दन रिजाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिना, शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, वडा अध्यक्ष पदमबहादुर लामा, शिक्षा शाखा प्रमुख रामबहादुर लामा लगायतले रोशी गाउँपालिकाले साक्षर गाउँपालिकाका लागि गरेका प्रयास र यसको निरन्तरताका लागि शुभकामना दिएका थिए ।

सोही कार्यक्रममा रोशी स्मारिका लोकापर्ण गरिएको थियो । जहाँ १२ वर्षमा एक पटक निलाम्बरी फुल फुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्