मन्त्रालयले बनाएको सडकको कालोपत्रे एक महिना नबित्दै गिटीमा परिणत



सरोज यादव, विराटनगर ।

प्रदेश १ को राजधानी विराटनगरसंग जोडीएको मोरङको कटहरी गाउँपालिका–६ स्थित थलाहा नहरमा गरिएको एक किलोमिटर कालो पत्रे एक महिना नवित्दै गिटीमा परिणत भएको छ । प्रदेश–१ का भौतिक पूर्वाधार विकास मन्त्रालयको योजनामा निमार्ण गरिएको कालोपत्रे सडकको अवस्था जिर्ण बनेको छ ।

कटहरी गाउँपालिका ६ स्थित थलाहा नहरमा गरिएको एक किलोमिटर कालोपत्रे एक महिना अगाडी सैनिक ईलाकामा निमार्ण गरिएको सडक हो । प्रदेश–१ का भौतिक पूर्वाधार विकास मन्त्रालयको योजनामा निमार्ण गरिएको कालो पत्रे सडकको अवस्था यतिखेर गिटी र वालुवामा सिमित हुन पुगेको छ । सडक निमार्ण गर्दा सरकारी निकाइका कर्मचरीहरुको उपस्थिति भने शुन्य रहेको पाइन्छ । कर्मचारी र ठेकेदार बिचको मिलोमतोले कालो पत्रे सडकको अवस्था जिर्ण बनेकोमा दुई मत छैन ।

यो जीर्ण हुँदै गएको कालो पत्रे सडक भत्किन सकिने प्रवल सम्भावना रहेको छ । सडक भत्किदा स्थानीय र सूर्य दल गणका सयौं नेपाल सैनिकहरु सडकबाट हिँडन बन्चित हुने छ । सरोकारवाल निकाईको वेवास्ताका कारणले आज कालोपत्रे सडक एक महिना नहुँदै भत्किएको स्थानीय अनिलकुमार यादवले बताउनु हुन्छ । कालोपत्रे निमार्ण गर्न खटिएको कर्मचारी र ठेकेदारलाई कार्वाही गर्नु पर्ने उहाँले बताउनु भयो । प्रदेश नंः १ का सरकारले कालो पत्रे सडक निमार्णमा गरेको लगानी वलुवमा पानी हालेको बरावर भएको छ ।

गाउँभरी हला भयो कालो पत्रे हुँदै छ । तर एक महिना नहुँदै भत्तिकएको स्थानीय भानु श्रेष्टले बताउनु हुन्छ । उहाँले ततकाल सरकारले स्थलगत अनुगमन गर्नु पर्छ, बताउनु भयो । यहाँ निमार्ण गरिएको कालो पत्रे सडकबाट कटहरी गाउँपालिकाका ६, ७ र ग्रामथान गाउँपालिकाका वडा नम्बर ४ लगायतका दैनीक १ हजार भन्दा बढी मानिसहरुले विराटनगर आवत जावत गर्छन् । भरखर बनेको कालो पत्रे सडक एक महिना नवित्दै सडक भत्किनुको कारण ठेक्दारको लापर्वाही रहेको स्थानीय मनोज परियारले बताउनु हुन्छ ।

काम सहि तरिकाले नगरेको र बजेटलाई सही सदुपयोग नगरेको कारणले सडको अवस्था एक महिना नहुँदै जिर्ण भएको उहाँले बताउनु भयो । लोहन्द्रा घाट देखी एक किलो मिटर उत्तर सूर्य दल गण सैनिक व्यारेक सम्म कालो पत्रे सडक निमार्ण गरिएको छ । कालो पत्रे निमार्ण गर्ने ठेकेदार र प्रदेश नं  १ का भौतिक पूर्वाधार विकास मन्त्रालयबाट खटिएका इनजिनियरले यो कालो पत्रे सडक केमीकल युक्त रहेकाकोले ५ वर्षसम्म टिकने स्थानीयहरुलाई असवासन दिएको स्थानीय श्रवण सहनीले बताउनु हुन्छ ।

उहाँले यो कालो पत्रे सडकमा केमीकल कम भएको कारणले हो या ठेकदार र इनजिनियरको लापर्वाहीका कारणले एक महिना नवित्दै कालो पत्रे सडको अवस्था जिर्ण बनेको बताउनु भयो । भौतिक पूर्वाधार विकास मन्त्रालयले साँचिके प्रदेश नं  १ ले गर्ने काम १ नम्बरको काम सम्पन्न गरेको भन्नेहरु यतीखेरे कालो अनुहार लगाएर बस्नु पर्ने अवस्था छ । कालो पत्रे सडक निमार्ण कार्य नभएर जनतालाई झुक्याउने काम भएको स्थानीयले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्