ललितपुर महानगरको १८ वडाले विशेष सफाई अभियान चलाउने



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका वडा–१८ले वृहत सरसफाई कार्यक्रम आयोजना गर्ने भएको छ । वडा वातावरण समितिको अगुवाईमा यही फागुन ३ गते सो कार्यधm आयोजना गर्न लागेको हो । कार्यक्रममा वडा, उपभोक्ता समिति, क्लब, महिला समुह लगायतको सहभागिता हुनेछ । तीन समुह विभाजन गरी गर्न लागिएको सफाई कार्यक्रममा पहिलो समुहले नख्खु, शहिद धर्मभक्त स्कुल, मेडिसिटी अस्पताल, हाइल्याण्ड, निर्मल स्कुल र विनायक कोलोनी हुदै वडा कार्यालय पुग्नेछ । सो समुहको संयोजक मिलनवस्ती टोल सुधार समितिका अध्यक्ष लक्ष्मण कट्वालले गर्नुहुनेछ ।

भञ्याङदेखि मगरगाउँ हुदै वडा कार्यालय सम्म दोस्रो समुहको सफाई कार्यक्रमको श्री वालकुमारी श्रृजना क्लबका उपाध्यक्ष एवं वातावरण समितिका संयोजक वीरेन्द्र थापाले गर्नुहुनेछ । लामो समयदेखि सफाई र जनचेतना अभियान संचालन गर्दै आएको क्लबले सो अभियानमा सबै कार्यसमितिका पदाधिकारीको सहभागिता हुने जनाएको छ । कार्यक्रममा क्लबका अध्यक्ष शालिकराम कुवँर,महासचिव किशोर कुँवर, सचिव पुष्कर केसी,  कोषाध्यक्ष दीपक थापा मगर सदस्य रामचन्द्र थापा,श्रीकृष्ण थापा, राजेश थापा, राजकुमार कुँवर,रवि थापा , पुरुषोत्तम थापा लगायतको सहभागिता रहनेछ ।

कार्यक्रममा वालकुमारी सामुदायीक वनका अध्यक्ष नवराज कुँवर लगायत वन तथा वातारण समितिको पदाधिकारीको सहभागिता हुनेछ । त्यस्तै शिवराम खड्का संयोजक रहेको तेस्रो समुहले खोकना दोबाटोदेखि महिला भवन, सैबु आवासक्षेत्र लगायत स्थानको सफाई गरी वडा कार्यालयमा भेला हुनेछ ।

सफाई कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिने वडा सदस्य एवं वातावरण समितिका संयोजक गोपाल डंगोलले जानकारी दिनुभयो । उहाले भन्नुभयो–सडक र शहरमा फोहोर नगरौ भन्ने नाराका साथ आयोजना गर्न लागेको कार्यक्रममा फोहोर मैलासंग आबद्ध संघ संस्थाले सहयोग गर्नेेछ ।

आफ्नो घर , सडक पेटी सधै सफा राख्न र फोहोर व्यवस्थापन गर्ने विषयम जनचेतना दिन सफाई कार्यक्रम आयोजना गरेको संयोजक डंगोलको भनाई छ । वडाले पहिलो चरणमा अभियान संचालन गरे लगत्तै सडक सफा राख्न विभिन्न कार्यक्रम आयोजना गर्नेछ । वडा नम्बर १८ का अध्यक्ष पुरुषोत्तम खड्काले घर मात्रै सफा गर्ने परम्परालाई अन्त्य गरी सम्पुर्ण वडा सफा गर्ने योजना सहित अभियान थालनी गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्