बंगलादेशी सेना प्रमुख पाँचदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए



न्युज अफ नेपाल, काठमाडौँ ।

बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमद पाँचदिने औपचारिक नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी नेपाल रहदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा सेनापति महारथी पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

त्यस्तैगरी, उनले पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेड क्वार्टर, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र लगायत पर्यटकीय स्थलहरुको समेत भ्रमण गरेका थिए ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा माघ २४ गते उनी काठमाडौँ आएका थिए । नेपाल र बंगलादेशबीच विगतदेखि नै सुमधुर सम्बन्ध रहिआएको र उच्च सैनिक अधिकारीहरुको यस्तो भ्रमणबाट नेपाली सेना र बंगलादेशी सेनाबीच सम्बन्ध प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्