मोटरसाइकल दुर्घटनामा परी नेकपाका स्थानीय नेताको मृत्यु



न्युज अफ नेपाल, चितवन ।

चितवनमा मोटरसाइकल दुर्घटनामा परी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेताको मृत्यु भएको छ । सोमबार राति माडी नगरपालिकाको बगइबाट घरतिर जाँदै गरेका दामोदर बस्याल सवार प्रदेश नं. ३–००१प–३५९६ नम्बरको मोटरसाइकल वडा नं. ६ स्थित तमुचोकमा अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको भरतपुरस्थित पुरानो मेडिकल कलेज भरतपुरमा सोमबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बस्यालको पार्थिव शरीरमा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले उनकै निवास माडीमा पुगेर पार्टीको झण्डा ओढाएका थिए ।

२०४७ सालमा तत्कालिन अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेका बस्याल २०४८ सालमा सोही संगठनको केन्द्रीय सदस्यसमेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्