विद्यार्थीलाई मदिरा तथा लागुऔषध नियन्त्रण सम्बन्धी जानकारी



सरस्वती न्यौपाने, रसुवा ।

कालिका गाउँपालिका-५ स्थित निलकण्ठ माध्यमिक विद्यालयका १ सय ५० विद्यार्थीलाई घरेलु मदिरा तथा लागुऔषध नियन्त्रण सम्बन्धी जानकारी गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाको मातहतमा रहेको ईलाका प्रहरी कार्यालय कालिका स्थानको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत उक्त विद्यालयमा अध्ययनरत आठ, नौ, दश, एघार र बाह्र्र कक्षाका १ सय ५० जना विद्यार्थीलाई घरेलु मदिरा लागुऔषध सेवनबाट हुने असर बारे जानकारी दिइएको थियो ।

प्रहरी सहायक निरिक्षक लक्ष्मण थापाले प्रशिक्षण दिँदै भन्नुभयो– ‘आजका भाई बहिनीहरु भोलिका देश निर्माण गर्ने क्षमता रहेकाले आजको दिनदेखि नै सबैले आ-आफ्नो घर, टोल–छिमेकमा कुनैपनि घटनाबाट रोक्नु हुनेछ घरेलु मदिरा लगाएत लागु औषधी बारेमा सबै ठाउँमा चेतना फैलाउनुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्