पिकअपबाट ६३ किलो गाँजा बरामद



न्युज अफ नेपाल, काठमाडौं ।

मकवानपुर प्रहरीले पिकअप गाडीबाट ६३ किलो गाँजा र तीन सय ग्राम अफिम बरामद गरेको छ। बिहीबार बिहान मनहरीबाट हेटौंडा जाँदै गरेको बा ३ च ५९९७ नम्बरको पिकअपबाट गाँजा र अफिम बरामद भएको प्रहरीले जनाएको छ।

हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा खटिएको प्रहरीले पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो। गाडीको पछाडिको भागमा फल्स बटम बनाएर लुकाइएको २१ वटा पोकामा गाँजा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

सवारी चालक बारा पर्सौनी गाउँपालिका वडा नं. ६ का २८ वर्षीय को रामजी साह तेली र बारा अदर्स कोतवाल गाउँपालिका वडा नं. २ का ३० वर्षीय प्रेम पटेल पक्राउ परेका छन्। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्