नेपालमा अर्का एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या दुई पुग्यो



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्