गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति


न्युज अफ नेपाल, काठमाडौं ।

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

केहि दिनअघि त्रिभुवन अन्त्र्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीसँग अभद्र व्यवहार गरेको भन्दै उनीमाथि उजुरी परेको थियो ।

यसअघि सोमबार बिहान काठमाडौं प्रहरी परिसरमा आत्मसमर्पण गर्न पुगेकी गायिका राउतले प्रहरी समक्ष कानूनभन्दा माथि कोही हुने रहेनछ भन्दै प्रहरीलाई पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।