महिला राष्ट्रपति



एथेन्स, (एजेन्सी )।
वातावरणीय कानून र संविधानमा विशेष दक्षता हासिल गरेकी न्यायाधीश बुधबार ग्रीसको पहिलो महिला राष्ट्रपति बनेकी छिन्। राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारापोलोउले अन्तर–पार्र्टी समर्थन प्राप्त गरिसकेकी सरकारी सूत्रले जनाएको छ।

ग्रीसको विदेश नीतिमा संकट बढ्दै गइरहेको वर्तमान अवस्थामा उनको नाममा भएको राजनीतिक सहमतिले राम्रो संकेत गरेको केही राजनीतिक विश्लेषकहरुको भनाइ छ। प्र

धानमन्त्री किरियाकोस मित्सोटाकिसले ग्रीसको खुलापन र भविष्यका लागि यो शुभ लक्षण रहेको बताएका छन्। उनले साकेल्लारापोलोउलाई राष्ट्रपतिमा चयन गरियोस् भन्दै संसद् बैठकमा प्रस्ताव पेश गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्