भागदौडमा ३५ मारिए



तेहरान, (एजेन्सी)।

केहि दिन अघि मात्र अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानी सैनिक कमान्डर जनरल कासिम सोलेमानीको अन्तयेष्टि कार्यक्रममा मचिएको भागदौडको क्रममा कम्तिमा ३५ जना मानिसको ज्यान गएको इरानी संचार माध्यमले मंगलवार बताएको छ।

यस घटनाका कारण उनको अनत्येष्टि कार्यक्रम नै स्थगित गरिएको छ। सरकारी अधिकारीहरुले नयाँ तिथि चााड ैघोषित हुने बताएका छन्।

सोलेमानीको अन्त्येष्टि उनको गृहनगर केर्मानमा हुने भएपछि लाखौं संख्यामा इरानी जनता उनको सम्मानमा श्रद्धान्जली व्यक्त गर्न त्यहाँका सडकहरुमा जम्मा भएक थिए।

प्रतिक्रिया दिनुहोस्