आक्रमणकारी मारिए



वर्लिन, (एजेन्सी)।

जर्मनीको शहर जेल्सेन्किर्चेनमा सरकारी अधिकारीलाई छुरा प्रहार गर्न खोज्ने एक पुरुषलाई जर्मन प्रहरीले सोमबार गोली हानेर मारेको छ। प्रहरी प्रवक्ताले ती व्यक्तिले प्रहरीको कारमा कुनै वस्तुले प्रहार गरेपछि नजिकै उभिरहेका प्रहरी अधिकारीमाथि आक्रमण गर्न खोजेको बताइएको छ।

प्रहरीले आफ्नो शरीरको पछिल्लो भागमा छुरा लुकाएर बसेका ती तुर्केलीले आत्मसमर्पण गर्न अस्वीकार गरेको प्रहरीले जनाएको छ। शुक्रबार नै जर्मनी सरकारले अमेरिकाले इराकको विमानस्थलमा ड्रोन आक्रमण गरी इरानी जनरलको हत्या गरेपछि सुरक्षा सतर्कता बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्