सबैभन्दा वृद्ध तानाका



टोक्यो, (एजेन्सी)।

जापानको केन तानाका विश्वको सबेभन्दा धरै उमेरका जीवित व्यक्ति बेनकी छन्। उनले आइतबार फुकुओकाको नर्सिग होममा साथी, नातेदार र नजिकका मित्रहरुसँग आफ्नो १ सय १७औं जन्मदिन मनाएकी थिइन्।

उनको जन्म सन् १९०३ जनवरी २ मा भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन। गत वर्ष मार्च ९ मा १ सय १६ वर्ष ६६ दिन पूरा भएपछि सबैभन्दा वृद्ध महिला नामको गिनिज वल्र्ड रेकर्डसमा उनको नाम दर्ता भएको थियो।

१९ वर्षको उमेरमा तानाकाको विवाह हिदेओ तानाकासँग भएको थियो। उनीहरूका चार सन्तान छन्। उनका पति र जेठो छोराको दोस्रो विश्व युद्धका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्