मजदुर आन्दोलनको तयारी



नयाँ दिल्ली, (एजेन्सी)।

केन्द्र सरकारको श्रमिक विरोधी नीतिविरुद्ध बुधबार देश व्यापी हडतालको आह्वान गर्ने मजदुर युनियनले जनाएका छन। हडतालमा करिब २५ करोड मजदुर सहभागी हुने उनीहरूको दाबी छ।

ट्रेड युनियनले गत बिहीबार केन्द्रीय श्रममन्त्री सन्तोष गंगवारसँग भेटेका थिए। सरकार श्रमिकको भलाइका लागि सबै कदम उठाइरहेको र लेबर कोडसँग जोडिएको कानुन पनि त्यसकै हिस्सा भएको मन्त्रीले युनियनका प्रतिनिधिलाई बताएको ट्रेड युनियनले जनाएको छ।

तर सरकारले युनियनको १४ सुत्रीय मागमध्ये कुनैको पनि समाधानका लागि आश्वासन नदिएको केन्द्रीय ट्रेड युनियनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्