सभामुख घोषित



काराकास, (एजेन्सी)।

भेनेजुयलाको राजनीतिको असहज परिस्थितिमाझ आइतबार दुईजना विधायकले आफूलाई संसद् सभामुख घोषित गरेका छन्। अमेरिका समर्थित विपक्षी नेता हुवाँ गुआइदो र प्रतिद्वन्द्वी लुइस पार्राले यसरी आफूलाई राष्ट्रिय सभाका सभामुख घोषित गरेका हुन्।

सो पदमा पुननिर्वाचित हुने लक्ष्य राखेका गुआइदाले आफूलाई प्रहरीले संसद् प्रवेशमा रोकावट गरेको बताएका छन्। गत वर्षको जनवरीमा गुआइदोले आफूलाई भेनेजुयलाको अन्तरिक राष्ट्रपति घोषित गरेका थिए। संयुक्त राज्य अमेरिका र बेलायतलगायत विश्वका झन्डै ६० वटा मुलुकले उनको समर्थन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्