कारले किच्यो



रोम, (एजेन्सी)।

इटालियन आल्पसमा एउटा कारले किच्दा छ जना जर्मन पर्यटकको ज्यान गएको तथा अन्य एघार जना गम्भीर घाइते भएको इटालियन प्रहरीले जनाएको छ।

लाकेप्रिय स्किइङ गन्तव्यको रूपमा चिनिने साउथ टाइरोलको लुटागो अर्थात लुटाकको उपनाम रहेको शहरमा एकजना मात्तिएका ड्राइभरले ती पर्यटक समूहमाथि उक्त दुर्घटना गराएको बताइएको छ।

स्थानीय समाचारअनुसार एउटा रात्रि कलबबाट निस्केर बस कर्दै गरेका तिनीहरूमाथि अचानक कार ठोकाइएको हो। करिब बीस वर्षीय ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्