चुनावमा इन्स्टाग्रामको खतरा



वासिंगटन, (एजेन्सी)।

अमेरिकामा यो बर्ष हुन गइरहेको राष्ट्र्पतिको चुनावलाई प्रभावित पार्न इन्स्टाग्रामको प्रयोग हुन सक्ने आसंका गरिएको छ । सन् २०१६ मा भएको अमेरिकी राष्ट्र्पति पदको चुनावमा फेसबुक धेरै विवादित रह्यो । चुनावपछि रुसको हस्तक्षेप पनि बाहिर आयो ।

इन्स्टाग्राम फोटो, भिडियो सेयरिंग हुने सामाजिक सन्जाल हो । यो फेसबुक कम्पनी अन्तर्गतकै अनलाईन सेवा हो । इन्स्टाग्राम पछिल्लो समयमा विश्वमा तिब्र रुपमा लोकप्रिय भइरहेको छ । फेसबुकको अब्यवस्थित इन्टरफेस र निजि विषयमा उठ्ने गरेका प्रश्नका कारण यो प्लेटफर्मबाट टाढिँदै गइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्