नयाँ व्यवसाय



नयाँदिल्ली, (एजेन्सी)।

एसियाकै सबैभन्दा धनी व्यक्ति मुकेस अम्वानीको बहुराष्ट्रिय कम्पनीले भारतमा अमेजनसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले सेवा शुरु गर्ने भएको छ।

अम्वानीको रिलायन्स इन्डस्ट्रिजले दैनिक उपभोग्य सामग्रीको सेवाका लागि मानिसलाई साइन अप गर्न आमन्त्रण गरेको छ।यस कम्पनीले अत्यधिक संख्यामा आफ्ना मोबाइल फोनमा आधारित ग्राहकको प्रयोग गर्ने लक्ष्य लिएको छ।

यस नयाँ इ– कमर्स योजना भारतमा हाल अस्तित्वमा रहेका अन्य थुप्रै ठूला रिटेल व्यवसायीलाई चुनौती हुन सक्ने अनुमान गरिएको छ। अम्वानीको रिलायन्स रिटेल र रिलायन्स जियोले यस योजनालाई जियोमार्ट नाम दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्